Attariya Hospital Pvt.Ltd.

कैलाली जिल्ला भलिबल संघको अध्यक्षमा निरज शाह चयन

padma
milan sunchadi

अत्तरिया – कैलाली जिल्ला भलिबल संघको अध्यक्षमा निरज शाह चयन भएका छन् । बिहिबार धनगढीमा सम्पन्न संघको पाचौँ साधारण सभा तथा जिल्ला अधिवेशनबाट शाह अध्यक्षमा चयन भएका हुन ।

अभिवेशनबाट संघको उपाध्यक्षमा मानबहादुर पुन, महासचिव प्रेमराज जोशी, कोषाध्यक्षमा पुष्पा सिंह चयन भएका छन् ।

त्यस्तैसंघको सदस्यहरुमा श्यामलाल राना, शुशीला देउवा, किरण भण्डारी, बिमला क्षेत्री, घुम्मन राना र बलबहादुर सार्की रहेका छन् ।

Siddi ganesh

समितिको थप एक उपाध्यक्षमा निर्वाचित कार्यसमितिले मनोनित गर्ने प्रावधान रहेको छ । त्यस्तै २ जना सदस्य जिल्ला खेलकुद समितिले मनोनित गर्ने नवनिर्वाचित महासचिव जोशीले जनाकारी दिए ।

बिहिबार जिल्ला खेलकुद समितिका अध्यक्ष ललित सिहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष हरकसिंह सिंह धामी रहेका थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.