अत्तरिया – राष्ट्रीय प्रजातन्त्र पार्टी गोदावरी नगर कमिटिले कृषी मलखादको सहज आपुर्ती गर्न माग गरेको छ ।
सोमबार पार्टीका नगर अध्यक्ष दुर्गा कुमार पोखरेलले गोदावरी नगरपालीकाको कृषी शाखा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाँउदै मलखादको सहज आपुर्ती गर्न माग गरेका हुन् । म



हंगी आकाशिएको बेला करको दोहरो मारमा परेका किसानले जिवीकोपार्जनकालागी खेती किसानी गर्दा मलखादको समेत अभाव भएकोले जवाफदेहि बन्दै मल उपलब्ध गराउन राप्रपाले माग गरेको छ ।
आफुहरुको मागको शिघ्र सम्बोधन नगरीएमा चरणवद्धरुपमा आन्दोलमा उत्रिने समेत ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।
