अत्तरिया बसपार्कमा सेनाको दावी

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ रहेको अत्तरिया बसपार्कमा नेपाली सेनाले आफ्नो दावी सहितको बोर्ड टाँसेको छ ।

अत्तरिया बसपार्कको बिच भागमा रहेको रुखमा तेघरी स्थीत देवीदल गणले “नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त जमीन”भन्दै बोर्ड टाँसेको हो । उत्त जमीन हाल गोदावरी नगरपालीकाले भोगचलन गर्दै आएको छ । अत्तरिया बसपार्क,लामीताल सहित करिब १७ हेक्टर जमीनमा सेनाले आफ्नो दावी पेश गर्दै आएको छ ।

पुर्वरोडको भुभागमा यसअघिनै सार्वजनीकरुपमा दावी गरेको भएपनी अत्तरिया बसपार्कमा भने पहिलो पटक दावी सहितको बोर्ड टाँसेको हो । तत्कालीन बसपार्क व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण भट्टले २०६८ सालमा तत्कालीन सुदूरपश्चिमाञ्चल ट्राफिक प्रहरी प्रमुख डिएसपी प्रमोद खरेल सहितको सक्रिय सहभागीतामा बसपार्क निर्माण गरीएको बताए । उनले त्यतिबेला लाखौँ रकम खर्चेर बसपार्क निर्माण गरीरहेको समयमा सेना चुपचाप बसेर अहिले आएर दावी गर्नु उचित नभएको बताए ।

यदि उत्त जमीन नेपाली सेनाको नाममा थियो भने निर्माणको समयमा किन अवरोध गरेन?भट्टले भने“अहिले थुर्पै संरचना बनेका छन्,करोडैँको लगानी छ त्यो सबै सुरक्षीत रहनेगरी अघि बढ्नुपर्छ,उत्त ठाँउ अहिले बजारजस्तै बनीसकेको छ। बजारमा सेनाको औचित्य के रहन्छ ।” शाहि कालमा कसैलाई जानकारी नगराएर सेनाले उत्त जमीन आफ्नो नाममा गरेको हुनसक्ने उनको तर्क छ ।

भट्टले अहिले सरकारमा भएको पार्टीले सो समस्या समाधान गर्नुपर्ने र स्थानीय स्तरबाट सहयोग गर्न आफुहरु तयार रहेको बताए । सेनाले आफ्नो भुभाग दावी गरेको ठाँउमा स्थानीय व्यापारकालागी प्रयोजन भईरहेका केहि घरहरु समेत परेका छन् । अत्तरिया उद्योग वाँणीज्य संघका अध्यक्ष अशोकराज देवकोटाले थुप्रै संरचनाहरु समेत निर्माण भएर प्रयोगमा आईसकेकाले अब छोड्नेकुरा उचित नहुने बताए । उनले उत्त विषयमा आफ्नो तर्फबाट सक्दो सकरात्मक प्रयास रहने बताए ।

उता देवीदल गण तेघरीका गणपती सुनिल कुमार मल्लले भने नेपाली सेनाको जमीनको विषयलाई हेर्ने छुट्टै विभाग भएकाले यताबाट खासै केहि गर्न नमील्ने बताए । “केन्द्रमा जमीनको विषयलाई मात्रै हेर्ने छुट्टै विभाग छ,उताबाट आएको आदेश हामीले पालना गर्ने हो” मल्लले भने । आफ्नो जमीन कहाँकहाँ सम्म छ भनेर खोजी गर्ने क्रममा देखीएको ठाँउमा अहिले सुचना सहितको बोर्ड राखीएको उनले बताए । यता गोदावरी नगरपालीकाका प्रमुख विरेन्द्र भटट् त्यहि विषयलाई लिएर काठमाडौँमा रहेको बताईएको छ । मेयर भट्टले स्थानीय राजनीतिक दलका प्रतिनिधी सहित केहिदिन अघि गणपती मल्लसंग भेटघाट समेत गरेका थिए ।