पेट्रोलियम पदार्थ को मुल्य फेरि बढ्यो

padma

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई, डिजल/मट्टीतेलमा प्रटिलिटर नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।

Shikhar Dental

मूल्य बढेसँगै पेट्रोल अब प्रतिलिटर १ सय ८१, डिजल/मट्टीतेल १ सय ७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १ सय ९० रुपैयाँ पुगेको छ । हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.