अश्लील शीर्षक राखेर भिडियो युट्युवमा राख्ने एक ‘युट्युवर’ पक्राउ

padma

काठमाडौं – अश्लील शीर्षक राखेर भिडियो युट्युवमा राख्ने एक जना युट्युवरलाई प्रहरीले पक्राउ गरेको छ।

Shikhar Dental

प्रहरी साइबर ब्यूरोले नुवाकोट घर भई हाल काठमाडौं बस्ने प्रवेश लामालाई मंगलबार पक्राउ गरेको हो। लामाले अश्लीलता फैलाउने किसिमका भिडियो बनाई ४ रियल अफिसियल युट्युव च्यानलबाट उक्त भिडियो अपलोड गरेर सामाजिक सञ्जालमा प्रसारण गरेको आरोप छ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ कसुरमा पक्राउ गरिएको हो।

उनलाई अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थप गरिएको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

Nawadurga
Leave A Reply

Your email address will not be published.