
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले काम अन्तिम चरणमा पुगेको बताउँदै एक साताभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिएको हो ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।

















