
धनगढी – हवाई भाडामा फेरि वृद्धि भएको छ। नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो।
योसँगै काठमाडौं-धनगढी हवाई भाडा १७ हजार २५ रुपैयाँ पुगेको छ। यस्तै आन्तरिक उडान तर्फ सबै भन्दा कम ४५ रुपैयाँले बढ्दै काठमाडौं-सिमराको भाडा ४ हजार २०४ पुगेको छ। पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत प्रतिलिटर ५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो।















