आजदेखी टेलिकमको महसुल दर परिवर्तन

Image
maya metro

काठमाडौं – आजदेखी नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महसुलमा नयाँ दर लागु हुने भएको छ ।

नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखी लागू हुनेगरी १० प्रतिशतमा झारिएको टेलिकमले जनाएको छ। टेलिकम कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै महसुल दर परिवर्तनबारे जानकारी गराएको हो ।

nisarga

कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने छ ।

यसैगरी साउन १ देखि समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ। पहिले उपलब्ध सबै अफरहरूलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ । त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफरसमेत थप गरिएका छन् ।

यस अनुसार केही अफरहरूमा उही मूल्यमा पहिलेभन्दा ४ गुणासम्म बढी डाटा भोलुम थप भएका छन् । यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरुमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ।