

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका १२ ओटै वडालाई १२ हजार बिरुवा हस्तान्तरण गरिएको छ ।
नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य प्रेमराज भट्टले विभिन्न प्रजातीका बिरुवा प्रत्येक वडालाई एक हजारका दरले सहयोग गरेका थिए ।
आईतबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नेपाली कांग्रेसका वडा नं। १ का वडासभापति शिवराज जोशीलाई विरुवा हस्तान्तरण गरेर वडामा विरुवा वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन्। जिल्ला सदस्य भट्टले स्थानिय तहको निर्वाचन अघि गोदावरी नगरपालीकाका नगर प्रमुख विरेन्द्र भट्टले पाएको भोट बराबर विरुवा रोप्ने घोषणा गरेका थिए ।

घोषणा गरेबमोजिम भोट बराबर नोट अभियान अन्र्तगत विभिन्न प्रजातीका विरुवाहरु वितरण गरीएको हो । यसअघि पनि नगरका शैक्षिक तथा धार्मिक क्षेत्रहरुमा विभिन्न प्रजातीका विरुवाहरु वितरण गरेको र अत्तरिया चोक देखी ६ लेन सडकको विचमा पनि बोट रोपिएको थियो ।
