

डोटी – डोटीका स्थानीय तहहरुले करार कर्मचारी हटाउने तयारी थालेका छन् । जिल्लाका केही पालिकाहरुले करार कर्मचारीहरुलाई हाँजिर लगाउन रोक लगाएका छन् भने केहीले करार अवधी सकीयका कर्मचारीहरुको अवधि नथप्ने निर्णय गरेका छन् ।
जिल्लाको सायल गाउँपालिका र पूर्वीचौकी गाउँपालिकाले यस अघि सूचना नै जारी गरेर आइतबार बाट हाँजिर लगाउन रोक लगाएको छ ।
पालिकाहरुले पालिकाको कार्यालय, सबै वडाहरू, विषयगत शाखा तथा सेवा केन्द्रहरूमा करार, अस्थायी र ज्यालादारीमा कार्यरत कर्मचारीहरूको नवीकरण नगरिने जनाएका छन् । केही पालिकाहरुले करार कर्मचारीलाई काममा नआउन आग्रह गरेको छ भने कतिपय कर्मचारीले करार अवधी थपका लागि आवेदन दिएका छैनन् ।
