एक वर्षको अवधिमा तीन खर्ब १० अर्ब रुपियाँको पेट्रोलियम पदार्थ तथा ६१ अर्बको ग्यास आयात

padma

काठमाडौँ – एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपाल आयल निगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब १० अर्ब १८ करोड १६ लाख ७६ हजार रुपियाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टितेल र ग्यास) आयात भएको छ । रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर रुपियाँको आयात भएको हो ।

आव २०७७/७८ मा एक खर्ब ५८ अर्ब रुपियाँ बराबरको २८ लाख ६६ हजार किलोलिटर आयात भएको थियो । स्थानीय बजारमा इन्धनको खपत सामान्य बढेका कारण इन्धनको परिमाणमा समेत वृद्धि हुँदा अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले पेट्रोलियम पदार्थको आयात बढेको हो ।

 यो अहिलेसम्मकै धेरै रकमको हो, एक वर्षमा तीन खर्बको १० अर्बको आयात हुँदा सरकारलाई राजस्वबापत एक खर्ब २० अर्ब रुपियाँ बुझाएको छ ।

Shikhar Dental

गत वर्षदेखि नै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य निरन्तर उकालो लागेको थियो । मूल्य बढेका कारणले गर्दा दोब्बर परिणामको इन्धन आयात भएको निगमको भनाइ छ । मूल्य वृद्धिसँगै स्थानीय बजारमा माग बढ्ेकाले आयातमा समेत सामान्य वृद्धि भएको छ ।

निगमका अनुसार एक वर्षको अवधिमा सबैभन्दा धेरै १७ लाख ४० हजार ९८६ किलोलिटर डिजेल आयात भएको छ । यस्तै पेट्रोल सात लाख ३७ हजार ३१२ किलोलिटर, हवाई इन्धन एक लाख ५७ हजार ५७२ किलोलिटर आयात भएको छ । मट्टितेल १७ हजार २८० र खाना पकाउने एलपी ग्यास पाँच लाख ३६ हजार ५६६ मेट्रिक टन आयात भएको निगमको तथ्याङ्क छ । निगमका अनुसार एक वर्षमा डिजेल दुई प्रतिशत, पेट्रोल २४ र ग्यास १३ प्रतिशतले खपत बढेको छ । बढ्दो सवारीसाधनको प्रयोगले गर्दा इन्धनको खपत बर्सेनि बढ्ने गर्छ ।

त्यस्तै एक वर्षमा ६१ अर्ब ५९ करोड ५८ लाख ९३ हजार रुपियाँ बराबरको पाँच लाख ३६ हजार ५६६ मेट्रिक टन ग्यास आयात भएको छ । मूल्य बढेको र खपतमा समेत १३ प्रतिशतले बढेकाले अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर रकम बढीको ग्यास आयात भएको निगमको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा ३४ अर्ब २४ करोड ६० लाख ५८ हजार रुपियाँ बराबरको चार लाख ८१ हजार २५८ मेट्रिक टन आयात भएको थियो । २०७६/७७ मा २८ अर्ब ६२ करोड ७६ लाख ५१ हजार रुपियाँको चार लाख ४८ हजार ५४९ मेट्रिक टन ग्यास आयात भएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.