अभियान लघुवित्तको आईपीओ साउन १८ मा खुल्ने

padma

काठमाडौं – अभियान लघुवित्तले साउन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।

Shikhar Dental

कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ। यो मध्ये ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ० दशमल ५ अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ। यो आईपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.