Attariya Hospital Pvt.Ltd.

एसइईमा ननग्रेडिङ गरेका छैनौँ : बोर्ड

padma
milan sunchadi

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजामा ननग्रेडिङको व्यवस्था नगरेको जनाएको छ। बुधबार नतिजा प्रकाशनपछि बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले पहिलाकै प्रणालीअनुसार नतिजा प्रकाशन गरिएको जानकारी दिए।

अर्यालले भने, ‘ गत वर्ष जुन सिस्टममा नतिजा सार्वजनिक गर्‍यौँ,अहिले पनि त्यही सिस्टममा प्रकाशित गरेका छौँ।’

यसअघि न्यूनतम ३५ अंक नल्याउने विद्यार्थीको ग्रेडिङ नहुने भनिएको थियो । तर,यो व्यवस्था लागू नहुने बोर्डले जनाएको हो । परीक्षा नतिजा आज प्रकाशित भएको हो।

Nawadurga
Leave A Reply

Your email address will not be published.