Attariya Hospital Pvt.Ltd.

गड्डाचौकी भन्सारमा लक्ष्यभन्दा ६ करोड कम राजस्व संकलन

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आ‍र्थिक वर्ष २०७८\०७९ मा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ।

५२ करोड, ७७ लाख ६० हजार रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४६ करोड, २२ लाख, ३८ हजार मात्र उठेको हो। यो रकम लक्ष्यभन्दा छ करोड ५५ लाख २२ हजार रुपैयाँ कम हो।

भन्सार कार्यालयले ३१ करोड ६४ लाख भन्सार शुल्क संकलन गर्ने लक्ष्य राखे पनि २४ करोड ३३ लाख पाँच हजार मात्रै संकलन गरेको छ। मूल्य अभिवृद्धि कर भने लक्ष्य भन्दा बढी संकलन भएको छ। १६ करोड, ३३ लाख ५९ हजार मूल्य अभिवृद्धि कर संकलन गर्ने लक्ष्य राखिएकोमा १८ करोड ६२ लाख ९६ हजार संकलन भएको छ।

Siddi ganesh

मूल्य अभिवृद्धि करतर्फ दुई करोड २९लाख ३७ हजार बढी राजस्व संकलन भएको हो। अन्तःशुल्कतर्फ लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ।

एक करोड २६ लाख ९९ हजार अन्तःशुल्कबापत राजस्व संकलन गर्ने लक्ष्य रहेपनि ९२ लाख ८५ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको छ।

उत्पादित वस्तु तथा सेवा मार्फत एक करोड पाँच लाख १४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा २८ हजार मात्र संकलन भएको छ। न्यून मात्रामा मात्रै सामान भारततर्फ निर्यात हुने भएकाले राजस्व थोरै मात्र संकलन भएको भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले बताए।

उनका अनुसार आब ०७७\७८ मा ३५ करोड ६७ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ३७ करोड ३९ लाख मात्र उठेको थियो।

०७६\०७७ मा ४८ करोड ६८ लाख राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा २६ करोड २८ लाख राजस्व संकलन भएको थियो। आब ०७५\०७६ ४० करोड १२ लाख लक्ष्य राखिएकोमा ३६ करोड ६७ लाख राजस्व संकलन भएको थियो।

कोरोना संक्रमणका कारण लगाइएको निषेधाज्ञाका कारण भारतबाट हुने आयात ठप्प हुदा तीनै वर्षमा लक्ष्य भन्दा कम राजस्व संकलन भएको बताइएको छ। कोरोनाका कारण राजस्व संकलनमा कमी आएपछि त्यस पछिका वर्षमा लक्ष्य घटाइएको हो ।

भन्सार कार्यालय भएर जटिबुटी, हस्तकलाका वस्तु तथा सेवा निर्यात हुने गरेको छ। दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, सामग्री, फलफूल, तरकारी, चिनी, खेलकुद–इलेक्ट्रोनिक–हार्डवेयर सामग्री भन्सार कार्यालय भएर भारतबाट आयात हुने गरेका छन्।

भन्सार कार्यालयका प्रमुख विश्वकर्माले गत पुसदेखि राष्ट्र बैंकले विलासिताका वस्तु आयातमा कडाइ गर्दै एलसी पत्रमार्फत सामान आयात गर्ने प्रबन्ध गरेपछि राजस्व संकलनमा कमी आएको बताए।

‘एलसी साना व्यवसायी भन्दा पनि ठूला व्यवसायीका लागि हो’, विश्वकर्माले भने, ‘साइकलमार्फत चलेको अधिकांश व्यवसायका कारण भन्सार राजस्व कम संकलन भएको हो।’

भन्सार छली रोक्न सुरक्षा निकायसँग समन्वय गरेको उनले बताए। तर खुला सीमानाका कारण चोरी पैठारीको कार्य रोक्न भने कठिन रहेको उनको भनाइ छ।

साभार

Nawadurga
Leave A Reply

Your email address will not be published.