Attariya Hospital Pvt.Ltd.

बिहीबार नेप्से परिसूचक १५.४९ अंकले बढ्यो

padma
milan sunchadi

काठमाडौं – बिहीबार नेप्से परिसूचक उतार चढावबीच अन्तिम समयमा १५ अङ्कले बढेर कारोबार बन्द भएको छ।

बिहीबार नेप्से सूचक १५.४४ अङ्कले बढेर २१२७.४२ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.११ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अङ्कले बढेको छ।

बिहीबार कारोबारमा आएका २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको कारोबार भएको छ। बिहीबार शेयर बजारमा उतारचढावमा कारोबार हुँदा कारोबार रकम बढेको हो। बुधवारको भन्दा बिहीबार कारोबार रकम बढेको छ। बुधबार ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको थियो।

Siddi ganesh

नेप्सेमा कारोबारमा आएका १३ उपसमूहमा १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ३ उपसमूहको सूचक नकारात्मक भएको छ। विकास बैंक, फाइनान्स लगायतका उपसमूहको सूचक धेरै बढेका छन्। भने अन्य उपसमूह र निर्जीवन बीमा उपसमूहको सूचकमा गिरावट आएको छ।

बिहीबार कारोबारमा आएका बुद्धभूमि हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। राष्ट्र उत्थान लघुवित्तको ९.९९ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ९.८९ प्रतिशत र हिमालयन पावर पार्टनरको ९.७८ प्रतिशतले बढेको छ। तर, यता राधी विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ३.९१ प्रतिशत र बलेफी हाइड्रोपावरको ३.८५ प्रतिशतले घटेको छ। बिहीबार अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १७ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शिवम सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.