Attariya Hospital Pvt.Ltd.

अर्काको नामबाट परीक्षा दिने पक्राउ

padma
milan sunchadi

रौतहट – चन्द्रपुर नगरपालिका-६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा संचालन भइरहेको बिबिएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा राजदेवी नगरपालिका-१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.