Attariya Hospital Pvt.Ltd.

समितिले सभामुखलाई आज प्रतिवेदन बुझाउने

padma
milan sunchadi

काठमाडौं – पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई छानबिन प्रतिवेदन बुझाउने भएको छ ।

बिहीबार अन्तिम प्रतिवेदन तयार गरेको समितिले आज सभामुख समक्ष उक्त प्रतिबेदन बुझाउन लागेको हो । सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको थियो ।

समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केही प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिएका थिए । उनले केही विषयमा सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए ।

Siddi ganesh

समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुङ्गोमा पुगेको तर सर्वसम्मत हुन नसकेको बताए ।

करका दर हेरफेरका विषयमा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिको म्याद ७ दिन थपिएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.