Attariya Hospital Pvt.Ltd.

कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेसबाट सुनिल भण्डारीको दावी रहने

padma
milan sunchadi

अत्तरिया – सरकारले आँउदो मंसिर ४ गतेका लागी एकसाथ प्रतिनिधी र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरीसकेको छ ।

मंसिर १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । निर्वाचनको मिति तोकीएसंगै राजनीतिक दलहरुभित्र उमेदवारको चर्चा सुरु भईसकेको छ । कतिले समाजिक संजालमै आफ्नो दावी पेश गरीसकेका छन् भने दलहरु पनी चुनावी जोडघटाउमा लागीसकेका छन् । त्यस्तै कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधी सभा को उमेदवारमा पार्टीका पुर्व केन्द्रीय सदस्य सुनील कुमार भण्डारीले दावी गर्ने भएका छन् । भण्डारी २०७४ सालको निर्वाचनमा नेकपाका नेता लेखराज भट्टसंग पराजित भएका थिए ।

भट्टले ३१ हजार ३५९ मत ल्याँउदा भण्डारीले २० हजार ९६० मत पाएका थिए । मतान्तर १० हजार ३९९ रहेको थियो । लामो समयदेखी माओवादीमा रहेका नेता भट्ट नेकपा विभाजित भएपछी एमालेमै रहेका छन् । कांग्रेस नेता भण्डारी भने अघिल्लो निर्वाचनमा पार्टी प्रतिकुल अवस्थामा हुँदा समेत आफुले साथ दिएकाले यसपटकको स्वभाविक उमेदवार पनी आफु नै भएको दावी गर्छन् । गत निर्वाचनमा एकातिर वामगठबन्धन र अर्कातिर पार्टी भित्र नै असन्तुष्टी हुँदा समेत आफुले सम्मानजनक मत पाएको उनको भनाई छ ।

Siddi ganesh

पार्टीको क्षेत्रीय अधिवेशन र महाधिवेशन महासमितिमा पनी आफुलाई पार्टी भित्रका नेता कार्यकर्ताको राम्रो सर्मथन रहेको भण्डारीको बुझाइ छ । आफ्नो राजनीतिक यात्रा पनी लामो भएको र पार्टीकाप्रति आफ्नो त्याग रहेको उनले बताए । “ आँउदो निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभामा मेरो दावी रहन्छ । मेरो राजनीतिक यात्रा र नेपाली कांग्रेस पार्टीमा गरेको त्यागको मुल्यांकन गर्दै पार्टीले मलाई नै टिकट दिने र नेता कार्यकर्ताहरुले सर्मथन गर्नेछन् भन्नेमा पनी म विश्वस्त छु” भण्डारीले सुदूर टाईम्स संग भने ।

Nawadurga
Leave A Reply

Your email address will not be published.