नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दार्चुलामा जिल्लास्तरीय छनोट भोलीदेखी सुरु हुने

Image
maya metro

दार्चुला – आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दार्चुलामा जिल्लास्तरीय छनोट भोलीदेखी सुरु हुने भएको छ । प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ १० देखि भदौ १३ सम्म हुने दार्चुला जिल्ला खेलकुद विकास समितिका प्रमुख श्याम राज अवस्थीले जानकारी दिए ।

पहिलो दिन महिला र पुरुष कबड्डी, टेबलटेनिस, बुद्धिचाल, पुरुष सेपाकताको, पुरुष पौडी , महिला र पुरुष कराँते, महिला र पुरुष तेक्वान्दो छनोट सदरमुकाममा हुनेछ । दोस्रो दिन सदरमुकाममै पुरुष र महिला ब्याडमिन्टन, महिला र पुरुष तेक्वन्दोको छनोट हुनेछ । तेस्रो दिन सकार खेल मैदानमा क्रिकेट पुरुषको छनोट र सदरमुकाममा पुरुषको छनोट हुने दार्चुला जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

nisarga

यस्तै भदौ १३ गते सदरमुकाम खुल्ला मञ्चमा पुरुष एथलेटिक्स, महिला,पुरुष फुटबल, भोलिबल महिला,पुरुष कराते महिला , पुरुष र हैन्डबल पुरुषको छनोट प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका प्रमुख अवस्थीले बताए ।

जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।