सुबिन भट्टराईकाे उपन्यास ‘इजाेरिया’ लाेकार्पण

Image
maya metro

काठमाण्डाै – लोकप्रिय लेखक सुबिन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’ काे लोकार्पण गरिएको छ । किताब जात्राका अवसरमा काठमाण्डाैका प्रज्ञा प्रतिष्ठान डबलीमा शुक्रवार आयोजित विशेष कार्यक्रममा पाठकका हातबाट ‘इजोरिया’ लोकार्पण गरियो । कार्यक्रममा सहभागी दर्शकलाई आ–आफूले लिएका पुस्तक प्रदर्शन गर्न लगाएर पुस्तक सार्वजनिक गरिएको हो ।

फरक किसिमले पुस्तक लोकार्पण गर्न यस्तो शैली अपनाइएको प्रकाशक फाइन प्रिन्टले जनाएको छ ।

nisarga

उपन्यास ‘समर लभ’ र ‘साया’ बाट चर्चित लेखक भट्टराईले पछिल्लो समय आफ्नो लेखनमा थप विविधता ल्याइरहेका छन् । ‘

सुबिन भट्टराई नेपालका सर्वाधिक बिक्री हुने लेखक हुन् । प्रायः ‘बेस्ट शेलिङ’ पुस्तकका लेखकलाई झैँ उनका पुस्तकलाई पनि सस्तो मनोरञ्जन भनेर आलोचना गरिन्छ । तर आफूलाई उनको लेखाइ ‘साहित्यिक लेख्ने’ भनेर चिनिएका लेखकहरूको लेखनभन्दा पनि राम्रो लाग्ने बरालको दाबी छ ।

कार्यक्रममा लेखक भट्टराईले आफ्नो उपन्यास ‘इजोरिया’ बहुआयामिक कथा रहेको बताए । परिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई आफूले विषयका रूपमा लिएको उनको भनाइ छ । ‘मैले उपन्यासमा मित्रताको सुगन्धलाई समेटेको छु । यहाँ महिलाका पीडा छन् । तिनका सङ्घर्ष पनि छन् । प्रेम र वियोगका झिना रेखा पनि छन्’, उनले भने ।