
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको थ्रीडिभीएल बहुउदेश्यीय सहकारी सँस्थाको पहिलो वार्षीक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार सँस्थाका अध्यक्ष दिपकराज ओझाको सभापतित्व तथा गोदावरी नगरपालीकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।

समाजिक सँस्था थ्रीडिभीएल क्रियसनमा आवद्ध युवाहरुले थ्रीडिभीएल बहुउदेश्यीय सहकारी सँस्थाको स्थापना गरेका हुन् ।
गत वैशाख १२ गतेमात्रै दर्ता भएको उत्त सहकारीले युवा स्वरोजगार बनाउने मुख्य लक्ष्य राखेको छ ।















