
अत्तरिया – नेपाली कांग्रेसको राजनितिमा चार दशक अघिदेखी सक्रिय रहेकी भगवती ओझा पाठकले मंसिर ४ गते हुने निर्वाचनकालागी दर्ता गरेको स्वतन्त्र उम्मेदवारी कायम राखेकी छिन् ।
विक्रम सम्वद २०३६ सालदेखी नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहेकी कैलालीको गोदावरी १ की पाठकले निर्वाचन कार्यतालीका बमोजीम असोज २३ गते नेपाली कांग्रेस परित्यागको घोषणा गर्दै प्रदेशसभा सदस्यमा कैलाली क्षेत्र नम्बर ४ को “ख” बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी थिईन् ।

असोज २६ गते दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय भएकोमा धेरैले पाठकले उम्मेदवारी फिर्ता गर्ने अपेक्षा राखेका थिए भने पार्टीबाटैपनी उम्मेदवारी फिर्ताकालागी दवाव आएको थियो । तर पाठकले भने आर्फुले पार्टी परित्याग गरिसकेका कारण उम्मेदवारी कायम राखीन् ।
करिब ४४ वर्ष पार्टीको राजनितिमा रहँदा पार्टीले कुनै पनी मुंल्याकंन नगरेको उनको गुनासो छ । “कांग्रेस हुँ भनेर भन्न समेत डराउने समयमा पार्टीको ईमान्दार सिपाही भएर खडा हुँदा समेत कमजोर महिला भनेर सावित गर्न खोजीयो” पाठकले भनीन् । पार्टीको अवमुल्यांकनका कारण अहिलेसम्म गुमनाम हुनुपरेको उनले गुनासो गरिन् । कांग्रेस महासमिति सदस्य रहेकी उनी २०७४ सालमा स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालीकाको उपप्रमुखको टिकट दिएपनी कांग्रेसले नै हराउन भुमीका खेलेको बताँउछीन् ।
२०७९ को स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन भनेर तयारी अवस्थामा रहेको बेला अन्तीममा पार्टीले ठुलो अपमान र अन्याय गरेको उनको बुझाइ छ । “पार्टीले यसपटकको अधिवेशनमा महासमिति सदस्य दिएको हो,मेरा लागी ४४ वर्षको दौरानमा त्यहि पहिलो र अन्तीम भयो ” उनले भनीन् । मुल्यांकन नहुने ठाँउमा बसीराख्न आवश्यक नभएको निष्कर्ष सहित आफुले पार्टी पत्यिाग गरी स्वतन्त्र बन्न खोजेको उनले बताईन् ।
अब पार्टी परित्याग गरेका कारण आफ्नो शारिरिक अवस्थाले साथ दिएसम्म स्वतन्त्र भएर समाज सेवामा लाग्ने उनले बताईन् । निर्वाचन आयोगले हिजो नै चुनाव चिन्ह प्रदान गरेकोमा उनले केरा चुनाव चिन्ह पाएकी छिन् ।















