
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ मा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी सँस्थाको १२ औँ वार्षीक साधारणसभा सम्पन्न भएको छ ।
बिहिबार सँस्थाका अध्यक्ष सुरत बहादुर बोगटीको सभापतित्व तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।


२०६७ साउन २६ गते ४१ जना शेयर सदस्यबाट सुरु भएको उत्त सहकारीमा २०७९ असार मसान्तसम्म २७५० जना शेयर सदस्य पुगेका छन् भने ९१ लाख ८१ हजार ७०० रुपैँया शेयरपुँजी पुगेको छ ।
सँस्थाले आर्थीक वर्ष २०७८÷७९ मा कुल आय १ करोड ८ लाख २४ हजार ८२३ रुपैँया गरेकोमा १३ लाख ४१ हजार १२४ रुपैँया खुद नाफा आर्जन गरेको छ । एकता प्रगतिशिल बचत तथा ऋण सहकारी सँस्थाले विशेषगरी ग्रामीण क्षेत्रका शेयरसदस्यहरुलाई समेट्दै सेवा दिँदै आएको छ ।
गत भदौमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारीले गरेको मुल्यांकनमा एकता प्रगतिशिल बचत तथा ऋण सहकारी सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट घोषीत भएको थियो















