स्व. सत्यमोहन जोशीको शोकमा आज सार्वजनिक विदा

Image
maya metro

काठमाडौं – संस्कृतिविद् स्व. सत्यमोहन जोशीको शोकमा सरकारले मंगलबार देशभर सार्वजनिक विदा दिएको छ।

जोशीको निधनमा शोक व्यक्त गर्न एक दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

nisarga

मन्त्रालयले सोमबार सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विदेशस्थित कूटनीतिक नियोगहरूमा विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको जनाएको छ।

संस्कृतिविद् जोशीको १ ०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो।