डोटीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुग्यो, ५ जना घाइते

Image
maya metro

अत्तरिया – डोटीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

भुकम्पले घर भत्किदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

nisarga

ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ८ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

५० वर्षीय प्रेम बोहरा, उनकी १३ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १३ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको छ ।

उनीहरु ६ जनाकै शव निकालिएको छ । सोही वडाका अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेमा ४० वर्षीय इन्नरी बोहरा, ११ वर्षीया धौली बोहरा ,४४ वर्षीया बिस्नादेवी बोहरा ,४६वर्षीय चनादेवी बोहरा,५० वर्षीय महाविर बोहरा रहेका छन् ।

उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। भुकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भएपनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धीत समाचार : सुदूरपश्चिम प्रदेशभर भूकम्पको धक्का महसुस