
डोटी – डोटीको सिलगढी स्थीत भैरव प्रसाद गणको टोली जिल्लाको भुकम्प प्रभावित क्षेत्रमा राहत सामग्री सहित गएको छ ।
रेडक्रस सोसाईटी संग समुन्वय गरी खाध सामग्री र टेन्ट सहित भैरव प्रसाद गणको टोली गएको गणपति जन्मत बहादुर कार्कीले बताएका छन् ।


गएराती आएको भुकम्पले घर भत्किदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
अन्य ८ ओटा घर भत्किएका छन् । भुकम्प प्रभावित क्षेत्र पुग्न सदरमुकाम सिलगढीबाट घटनास्थल एक घण्टा सवारी र एक घण्टा पैदल यात्रा गर्नुपर्दछ ।

सम्बन्धीत समाचार :डोटीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुग्यो, ५ जना घाइते














