डोटी प्रदेश ख:ओली र बमको रोचक प्रतिस्पर्धा, ओली ५ मतले अगाडि

Image
maya metro

डोटी  – डोटी प्रदेश सभा “ख” मा माओवादी केन्द्रका उम्मेदवार शिवसिंह ओली र एमाले उम्मेदवार टेक बमका बीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।

ओली झिनो मतले बम भन्दा अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार २५ हजार १८५ मत गणना हुँदा ओलीले ११ हजार ३४८ मत तानेका छन् भने बमले ११ हजार ३४३ मत प्राप्त गरेका छन्।

nisarga

राप्रपा उम्मेदवार मोहन बहादुर बमले १ हजार ८२ मत मात्रै पाए। १ हजार ४१२ मत बदर भएको छ ।

प्रदेश सभा ख तर्फ केआईसिंह गाउँपालिका – ५ को मत गणना भइरहेको छ।