कञ्चनपुर २ को (क) मा माओवादीका भाट निर्वाचित

Image
maya metro

कञ्चनपुर – कञ्चनपुर निर्वाचन क्षेत्र २(क) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार ओम विक्रम भाट(सरल)  निर्वाचित भएका छन ।

उनी आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका युबा नेता बच्चन सिहलाई ४ सय ७५ मतको अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन । भाटले १० हजार ९२५, सिहले १० हजार ४५० मत ल्याएका छन । उक्त निर्वाचन क्षेत्रबाट ९ उम्मेदवार चुनावी मैदानमा थिए ।

nisarga

पहिलो पटक चुनावमा भाग लिएको नागरिक उन्मुक्तिकी गिता चौधरीले ५ हजार १५२, राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७, लोकतान्त्रिक समाजवादीका जगन्नाथ केसीले ३ सय ३३, हाम्रो नेपाली पाटीका राजुराम साकीले ४९९, नेपाल मजदुर किसान पार्टीका भरत रावलले ८३, स्वतन्त्र गिरीराज पाण्डेले ६२५ र एमालेकै बागी टेक बहादुर हमालले ४ सय ६५ मत ल्याएका छन्।