साना किसान मालाखेतीको २६ औं वार्षिक साधारण सभा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको सानाकिसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीको २६औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष तेजराज अवस्थीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष अवस्थीले प्रस्तुत गरेका थिए भने संस्थाको प्रस्तावित बजेट र निति तथा कार्यक्रम संस्थाका मुख्य प्रबन्धक गोरख बहादुर खत्रीले प्रस्तुत गरेका थिए ।

nisarga

कार्यक्रममा संस्थाको लेखा परिक्षण प्रतिवेदन संस्थाका लेखा प्रबन्धक प्रताप दत्त भट्टले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य चेतना भण्डारीले प्रस्तुत गरेकी थिईन । आर्थिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा कुल ३७ करोड ३७ लाख ३७ हजार २१३ रुपैया बराबरको कारोबार गरेको छ ।उक्त कारोबारबाट संस्थाले कुल १ करोड १९ लाख १६ हजार ९०९ रुपैया नाफा आर्जन गर्न सफल भएको छ ।

साधारणसभामा बोल्दै नगरप्रमुख भट्टले बैंकबाट ऋण लिन नसक्ने र आयस्तर कमजोर भएका व्यक्तिहरुले सहकारीबाट पाउने सेवा सुविधाका कारण आफ्नो जिविकोपार्जन गरिरहेको बताए । उनले सहकारीले व्यत्तिको आर्थीक स्तर मजबुत बनाउन मुख्य भुमीका निर्वाह गरेको बताए ।