नेप्सेमा झिनो अंकको गिरावट

Image
maya metro

काठमाडौं – सेयर कारोबारको अन्तिम दिन आज सेयर बजार झिनो अंकले घटेको छ। नेप्से परिसूचक ०.०१ अंकले घटेर १८६१.२१ विन्दुमा अडिएको छ।

नेप्से घटेपनि सेयर कारोबार अघिल्लो कारोबार दिन बुधबारभन्दा बढेको छ।

nisarga

यसदिन १ अर्बमाथिको सेयर कारोबार भएको छ। बुधबार ८६ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो।

२४७ कम्पनीको ३१ लाख ११ हजार८३३ कित्ता सेयर १ अर्ब ११ करोड ९७ लाख ७ हजार ९२१ रुपैयाँको सेयर कारोबार भयो।