
डोटी – शनीबारदेखी डोटीको सिलगढीमा हुने खप्तड–शैलेश्वरी अन्तर विद्यालय खेलकुद प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ । सिलगढी स्थीत भैरव प्रसाद गण र जिल्ला स्तरीय बाल संजालको आयोजनामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
३०१ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा पौष ९ गते देखी १२ गते सम्म सिलगढी स्थित टुडीखेलमा हुने उत्त प्रतियोगिताको प्रायोजन दिपायल सिलगढी नगरपालीका वडा नम्बर ६ को कार्यालय र ग्लोबल आइएमइ बैंकले गरेको छ । प्रतियोगितामा फुटबल तर्फ १० टिम, छात्रा कबड्डीतर्फ १० टिम र चित्रकला प्रतियोगिता तर्फ १० विद्यालयका १–१ जना विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा फुटबल र कबड्डीमा प्रथम हुने टिमले रु १५ हजार नगद, प्रमाणपत्र र ट्रफि, द्वितीय हुनेले रु १० हजार नगद, प्रमाणपत्र र ट्रफि प्राप्त गर्नेछन् भने चित्रकला प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु ३ हजार नगद सहित प्रमाणपत्र उपलब्ध गराईने आयोजकले जनाएको छ । प्रतियोगिताको शनीबार ९ बजे बिहान भैरव प्रसाद गणका गणपति प्रमुखी सेनानी जनमत बहादुर कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।














