
डोटी – डोटीको सिलगढी स्थीत टुँडिखेलमा जारी खप्तड–शैलेश्वरी अन्तर विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत आज कबड्डी (छात्रा) तर्फका खेल भएका छन ।
कबड्डीमा १० ओटा टीमको सहभागिता रहेको थियो । पहिलो खेल सुजुङ्ग ईंग्लिस बोर्डिङ्ग स्कुल र पद्मा पब्लिक मा.वि. बिच भएकोमा १८–६१ अंङ्क सहित पद्मा पब्लिक मा.वि. विजयी भएको छ ।त्यस्तै दोस्रो खेल तेडी मा.वि. र भागरथी ऐकेडेमी बिच भएकोमा ४७–३६ अंङ्क सहित तेडी मा.वि. विजयी भएको छ ।
आजको तेस्रो खेल पवित्रा बोर्डिङ्ग स्कुल र देवी मा.वि. बिच भएकोमा ६३–२५ अंङ्क सहित पवित्रा बोर्डिङ्ग स्कुल विजयी भएको छ । त्यसैगरी चौथो खेल मगलेख मा.वि. र पद्मा पब्लिक मा.वि. बिच भएकोमा १९–८० अंङ्क सहित पद्मा पब्लिक मा.वि. विजयी भएको छ । त्यसैगरी आजै भएको पांचौ खेल पवित्रा बोर्डिङ्ग स्कुल र तेडी मा.वि. बिच भएकोमा ४१–२५ को अंङ्क सहित पवित्रा बोर्डिङ्ग स्कुल विजयी भएको छ ।

कबड्डी प्रतियोगिताको फाईनल खेल १२ गते पवित्रा बोर्डिङ्ग स्कुल र पद्मा पब्लिक मा.वि. बिच हुने भैरव प्रसाद गणका खेल अधिकृत सह सेनानी सौरभ चौधरीले जानकारी दिएका छन् ।“खप्तड–शैलेश्वरी अन्तर स्कुल फुटबल (छात्र) तथा कबड्डी (छात्रा) प्रतियोगिता २०७९” अन्तर्गतको फुटबल प्रतियोगिताको दोस्रो सेमी फाईनल खेल भोली बिहान १०ः३० बजे सुजुङ्ग बोर्डिङ्ग स्कुल र पवित्रा ईंग्लिस बोर्डिङ्ग स्कुल बिच हुने भएको छ ।
नेपाली सेनाको भैरव प्रसाद गण र जिल्ला स्तरिय बाल संजालकोे आयोजनामा पौष ९ देखी १२ गते सम्म सिलगढी स्थित टुडीखेलमा जारी उत्त प्रतियोगिताको प्रायोजन दिपायल सिलगढी नगरपालीका वडा नम्बर ६ को कार्यालयले गरेको छ । प्रतियोगितामा फुटबल तर्फ १० टिम, छात्रा कबड्डीतर्फ १० टिम र चित्रकला प्रतियोगिता तर्फ १० विद्यालयका १–१ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा फुटबल र कबड्डीमा प्रथम हुने टिमले रु १५ हजार नगद, प्रमाणपत्र र ट्रफि, द्वितीय हुनेले रु १० हजार नगद, प्रमाणपत्र र ट्रफि प्राप्त गर्नेछन् भने चित्रकला प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु ३ हजार नगद सहित प्रमाणपत्र उपलब्ध गराईने छ ।















