खप्तड–शैलेश्वरी खेलकुद प्रतियोगिताः चित्रकलामा तेडि मा वि का आषिक साँउद प्रथम

Image
maya metro

डोटी – डोटीमा जारी खप्तड–शैलेश्वरी अन्तर विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत पौष ९ गते संचालन गरिएको चित्रकला प्रतियोगिताको नतिजा आयोजकले सार्वजनिक गरेको छ । १० विद्यालयका १–१ जना विद्यार्थीहरुको सहभागिता रहेको चित्रकलामा तेडि मा वि का कक्षा ७ का छात्र आषिक साँउद प्रथम भएका छन । प्रथम भएसंगै साँउदले तीन हजार नगद संगै प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै पद्मा पब्लिक मुक्तिनारायण मा वि का कक्षा ८ का छात्र डायमण्ड ओलिले द्धितिय स्थान हाँसिल गरेका छन् ।

३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिलगढी स्थित भैरव प्रसाद गण र जिल्ला स्तरिय वाल संजालको संयुक्त आयोजनामा यहि पौष ९ गतेदेखी खप्तड–शैलेश्वरी अन्तर विद्यालय खेलकुद प्रतियोगिता संचालन भैरहेको छ । प्रतियोगितामा आज फुटबल र कबड्डिका सेमिफाइनल खेल भएका छन् । फुटबल प्रतियोगिताको फाइनलमा पद्मा पब्लिक मुक्तिनारायण मा वि र सुजंग बोर्डिङ स्कुल खेल्ने भएका छन् । कबड्डिमा पद्मा पब्लिक मुक्तिनारायण मा वि र पवित्रा बोर्डिङ स्कुल खेल्ने छन् ।

nisarga

फुटबल तर्फ आज भएको सेमिफाइनल खेलमा समुह “क” बाट पवित्रा बोर्डिङ स्कुललाई सुन्यका विरुद्ध २ गोलले पराजित गर्दै सुजंग बोर्डिङ स्कुल फाईनलमा प्रवेश गरेको हो भने समुह “ख”बाट पद्मा पब्लिक मुक्तिनारायण मा वि ले मगलेख मा वि तिखालाई ९–० गोलले हराँउदै फाईनलमा प्रवेश गरेको हो । त्यसैगरि कबड्डि तर्फ पद्मा पब्लिक मुक्तिनारायण मा वि ले मगलेख मा वि तिखालाई हराउदै फाइनमा प्रवेश गरेको हो भने पवित्रा बोर्डिङ स्कुलले तेडि मा वि लाई हराउदै फाइनलमा प्रवेस गरेको हो ।

दुबै प्रतियोगिताको फाइनल खेलहरु भोली खेलाइने भैरव प्रसाद गणका खेल संयोजक तथा सह सेनानी सौरभ चौधरीले जानकारी दिएका छन् । फुटबल र कबड्डीमा प्रथम हुने टिमले रु १५ हजार नगद, प्रमाणपत्र र ट्रफि, द्वितीय हुनेले रु १० हजार नगद, प्रमाणपत्र र ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिता भोली समापन हुनेछ ।