नेप्से परिसूचक ५९.८७ अंकले बढ्यो

Image
maya metro

काठमाडौं – शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले बढेको छ । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन हिजो साेमवार ५६ दशमलव ८८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५९ दशमलव ८७ अङ्कले बढेर एक हजार नाै सय ८३ दशमलव ९५ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा आज बीमा, होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ६१ वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी बैंकको २० करोड नाै लाख रुपैयाँको शेयर किनबेच भयो ।

nisarga

आज सिद्धार्थ इन्सुरेन्स, मल्टिपर्पोज फाइनान्स, अजोड इन्सुरेन्स, सृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रशितले बढेको छ । अरू चार वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरै र चार वटा कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार हरियाली भए पनि आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।