सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७ सय पुग्यो

Image
maya metro

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ तोकेको
छ। आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

अघिल्लो कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला सुन १ लाख १ हजार चार सयमा कारोबार भएको थियो।

nisarga

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपाली बजारमा दैनिक सुन तथा चाँदीका मूल्य तोकिने गर्छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार २ सय पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय पुगेको महासंघले जनाएको छ।