सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढ्यो

Image
maya metro

काठमाडौं – सुन चाँदीको भाउ फेरि बढेको छ ।

आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेर एक लाख दुई हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

nisarga

हिजो सुनको भाउ तोलामा एक लाख एक हजार ७ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा पुगेको छ ।