
हेर्नू साहित्य पनि एउटा गहना भयो
धोका पाए गजल लेख्ने बाहाना भयो !
कस्तो हो शिक्षा निति हे सरकार तेरो
बेरोजगारि उत्पादन गर्ने कारखाना भयो !

खै यो रोग हो कि बाध्यता हो बुझ्न सकिन
बालक देखि वृद्ध विदेश जाने चाहाना भयो !
रोजी रोटी कति पनि नचल्ने भो हेर्नू यहाँ
नेपाल देश त कमाई खाने एउटा माना भयो !
अन्याय को विरूद् आवाज उठाउदा पनि हेर्नु
न्यायको लागि लड्ने मान्छे पुलिस ठाना भयो !
दिपक संगम विश्वकर्मा
टीकापुर,कैलाली














