
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको दुर्गालक्ष्मी नमुना मा वि को दुर्गालक्ष्मी आविष्कार क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनल खेल भोली हुने भएको छ ।
रुम नम्बर ८ आर्टस, रुम नम्बर ७३ फाइनान्स,रुम नम्बर १४ कम्प्युटर साइन्स र रुम नम्बर १३ कम्प्युटर साइन्स प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थी सहभागी रहेको क्लबका अध्यक्ष सुर्य बहादुर थापाले बताएका छन् ।

प्रतियोगितामा १४ ओटा टिम सहभागी भएका थिए । प्रतियोगिता विद्यालयकै प्रांगणमा भईरहेको छ । “बनौ र बनाउ” भन्ने नारा सहित विद्यालयमा यसै वर्ष स्थापना भएको उत्त क्लबले स्थापना देखी नै विभीन्न कार्यक्रमहरु गर्दै आएको छ ।






























