अत्तरियामा माघ २ गतेदेखी प्याब्सन फेस्टिबल हुने

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा माघ २ गतेदेखी प्याब्सन फेस्टिबल हुने भएको छ । प्याब्सन गोदावरी नगर समितिको आयोजनामा माघ २ गतेदेखी ९ गतेसम्म प्याब्सन फेस्टिबल हुने भएको हो । आयोजक प्याब्सन गोदावरी नगर समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै फेस्टिबल अन्र्तगत तिन बिधामा २६ ओटा खेल खेलाईने जनाएको छ । जस्मा क्वीज,ड्रोइङ,निबन्ध लेखन,रिले,हाइजम्प,लङजम्प,फुटबल,कबडडी,क्रिकेट लगायतका खेलहरु हुनेछन् ।

फेस्टिबलमा गोदावरी नगरपालीकामा प्याब्सनमा आवद्ध रहेका २० ओटा विद्यालयको सहभागीता रहने प्याब्सन गोदावरी नगर समितिका अध्यक्ष श्याम खत्रीले बताए । मुख्य विधा अन्र्तगत ८ ओटा शैक्षीक क्रियाकलापहरु गराईने उनले बताएका छन् । प्रा वि तहका बालबालीकालाई समेट्नका लागी पनी चकलेट रेस,म्युजिकल चेयर,म्याथ म्याटिकल रेस जस्ता खेलहरु राखीएको उनले बताए । एथलेट्स अन्र्तगतका १० ओटा खेल प्रतिस्पर्धात्मक हुनेछन् । झाँकी सहित अत्तरिया बजार क्षेत्र परिक्रमा गर्दै २ गते उद्घाटन हुने फेस्टिबलको मुख्य उदेश्य विद्यार्थीहरुलाई अतिरित्त क्रियाकलापमा सहभागी गराउनु भएको उनले बताए ।

nisarga

उद्घाटन कार्यक्रम पश्चात पहिलो दिन फुटबल खेल हुने खत्रीले जानकारी दिए । अन्य नियमित खेलकोलागी शनीबार (३० गते) टाइसिट निकालिनेछ भने ३ गतेदेखी नियमित खेलहरु हुनेछन् । फेस्टिबलले विद्यालयहरुबिच मैत्रीपुर्ण सम्बन्ध कायम गर्नुका साथै विद्यार्थीहरुमा रहेको क्षमता पनी प्रस्फुटन गर्न सहयोग गर्ने उनले बताए । कोरोना भाईरसको संक्रमण फैलीएपछी बालबालीकाहरुलाई अतिरित्त क्रियाकलापहरुमा सहभागी गराउन नसकिएको भन्दै उनले विद्यार्थीलाई खेल जिवनमा फर्काउन पनी सहयोग गर्ने पत्रकार सम्म्ेलनमा बताए ।

फेस्टिबलका खेलहरु चौकीडाँडा महिला सामुदायकि वन भित्र रहेका लेमल ग्रयास लयातका खेल मैदानहरुमा हुनेछन् । उत्त फेस्टिबल सफलतापुर्वक सम्पन्न गर्नकालागी सम्पुर्ण विधार्थी,अभिभावक,खेल तथा शिक्षा प्रेमीहरुलाई प्याब्सन कैलालीले आग्रह गरेको छ ।