बैतडीमा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

Image
maya metro

बैतडीमा – बैतडीमा बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षिय पुरुष बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

nisarga

२१ वर्षिया महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन ।

सोहि निवेदनको आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए।