

बैतडी – बैतडीको पाटन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको वडा नं ३ स्थित प्रसिद्ध वनारसी धाममा लाग्ने जात्राको अवसरमा आज सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
वनारसी धाममा लाग्ने जात्राको अवसरमा नगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा दिइएको हो ।
वनारसी धाममा हरेक बर्ष माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने गर्दछ ।
