अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै छ। शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा आजदेखि प्रतियोगिता हुन लागिएको हो।
प्रतियोगितामा १९ सामुदायिक र १४ संस्थागत गरी ३३ वटा विद्यालयको सहभागिता रहने छन्। प्रतियोगिता गोदावरी नगरपालिका–६ मा रहेको शैलेश्वरी मावि बडेहाँमा हुने जनाइएको छ।
प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने आयोजकले जनाइएको छ। प्रतियोगिता माघ २८ गते सम्पन्न हुने छ।