

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बुधबार एक औपचारिक कार्यक्रमकाबिच गोदावरी नगरपालीकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख भट्टले समग्र राष्ट्रको विकासकालागी खेलकुदको भुमीका महत्वपुर्ण रहेको बताए । उनले लगनशिलताकासाथ अघि बढे नेपालले पनी खेलकुदमा राम्रो नतिजा ल्याउन सक्ने बताए । हरेक क्षेत्रमा सम्भावना र कठीनाई दुवैहुने भन्दै उनले विद्यालयहरुलाई खेलकुदमापनी सरिक हुन आग्रह गरे ।
शैक्षीक गुणस्तरमा सामुदायिक विद्यालयहरु पछी परेको बताँउदै प्रमुख भट्टले सामुदायिक विद्यालयहरुलाई शैक्षीक गुणस्तर वृद्धी गर्न आग्रह गरे । आजदेखी सुरु भएको प्रतियोगिताको सफलताको शुभकामना दिदै उनले अनुशाशित ढंगले खेल खेल्न विधार्थीहरुलाई अग्रह गरे । उद्घाटन कार्यक्रममा आफ्ना भनाई राख्दै गोदावरी नगरपालीकाकी उपप्रमुख शारदा देवी रोकायाले बालबालीकाको काँधमा भविष्यमा देश बनाउने जिम्मेवारी रहेको भन्दै उनीहरुलाई उचित शिक्षा दिनु आवश्य रहेको बताईन् ।
बोल्दै गोदावरी नगरपालीकाका प्रमुख प्रशाशकिय अधिकृत बसन्त खत्रीले बालबालीको र्सवांगीण विकासकालागी खेलकुदको महतवपुर्ण भुमीका रहने बताए । उनले उत्त प्रतियोगिता केहि वर्ष कारोना भाइरसको महामारीका कारण सञ्चालन गर्न नपाईएको बताँउदै यस पत्रियोगितालाई अनुशासित ढंगबाट सञ्चालन गर्न सहयोग गर्न सम्बन्धीत सबैलाई आग्रह गरे । प्रतियोगितामा नगर भित्रका ३३ ओटा विद्यालय सहभाग िरहेका छन् । उद्घाटन कार्यक्रममा गोदावरी नगरपालीकाको कार्यालयका विभीन्न शाखा प्रमुखहरु,सहभागी विद्यिालयका शिक्षक शिक्षीकाहरु,खेलकुद क्षेत्रका विभीन्न व्यत्तिहरु,लयगायत विधर्थीहरुको उपस्थीती रहेको थियो ।

आज उद्घाटन सत्रमा सबै विद्यालयले मार्चपास प्रस्तुत गरेका थिए जस्मा सैनीक आवासिय महाविद्यालय तेघरीले प्रथम स्थान हाँसील गरेको छ । त्यस्तै दुर्गालक्षमी नमुना मावि दास्रो र सुप मा वि वनखेत तेस्रो स्थान लिन सफल भएको छ । प्रतियोगिता गोदावरी ६ स्थीत शैलेश्वरी मा वि बडेँहामा भैरहेको छ । आवश्यक परेमा नगर भित्रका अन्य विभीन्न खेल मैदानहरु पनी प्रयोग गरीने बताईएको छ । प्रतियोगितामा ५ ओटा विधामा प्रतिस्पर्धा गराईनेछ ।
प्रतियोगिताको संयोजकमा रविन्द्र खनाललाई तोकिएको छ । उद्घाटन कार्यक्रममा शैलेश्वरी मावि बडेँहामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले नगरप्रमुख भट्टलाई १२ किलोको मालाले स्वागत गरेका थिए ।
