Attariya Hospital Pvt.Ltd.

अन्तरविद्यालय स्तरीय नृत्य प्रतियोगितामा नवदिप विद्या निकेतन प्रथम

padma
milan sunchadi

डोटी – डोटीमा नेपाली सेनाले आयोजना गरेको अन्तरविद्यालय स्तरीय नृत्य प्रतियोगीतामा के.आई.सिंह गाँउपालीका–६ को नवदिप विद्या निकेतन प्रथम भएको छ । शुक्रबार सिलगढी स्थीत नेपाली सेनाको भैरव प्रसाद गणले आयोजना गरेको अन्तरविद्यालय स्तरीय नृत्य प्रतियोगीतामा प्रथम भएसंगै १५ हजार नगद रुपैँया संगै प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी प्रतियोगितामा दिपायल सिलगढी नगरपालीका ६ को पवित्र बोर्डिङ्ग स्कुल द्धितिय भएको छ ।

 

द्धितिय भएसंगै पवित्र बोर्डिङ्ग स्कुलले १० हजार नगद रुपैँया संगै प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा के.आई.सिंह–५, रानागाउ सरस्वती मा.वि. ंतृतिय भएको छ । सरस्वती मा.वि ले ५हजार नगद संगै प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा ७ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।

 

सेना दिवश तथा महाशिवरात्रीको अवसर पारी सिलगढी स्थीत टुडिखेलमा भएको उक्त कार्यक्रममा भैरव प्रसाद गणले नेपाली सेनाका हालसम्मका प्रधान सेनापतिहरुको फोटो सहितको विवरण, संयुक्त राष्ट्र संघ मिशनमा नेपाली सेनाको भूमिका, प्रकृति संरक्षणमा नेपाली सेना, राहात उद्धार कार्यको दौरान नेपाली सेना लगायतका वृतचित्र भिडियो मार्फत प्रस्तुत गरेको थियो ।

 

Siddi ganesh

साथै कार्यक्रममा नेपाली सेनाको पृथ्वी नारायण शाहको पालादेखि हालसम्म प्रचलनमा रहेका सैनिक पोशाक, विपद् व्यवस्थापन सामाग्री, पर्शनल क्लोदिङ्ग÷ई.आई. सामान, जंगल सर्भाईबल सम्बन्धि डेमोन्स्ट्रेसन लगायतको प्रदर्शनी, र लोककला संस्कृति झल्किने हुड्केली नाच समेत प्रदर्शन गरीएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.