गोदावरी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सैनिक आवासीयलाई

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालय तेघरीले हात पारेको छ । उसले ११ स्वर्ण ,६ रजत र ३ कास्य सहित उपाधि जितेको हो ।

गोदावरी नगरपालीकाले यसभन्दा अघि आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पनी सैनिक आवासिय महाविद्यालय तेघरीले नै जितेको थियो ।त्यस्तै ९ स्वर्ण ,३ रजत र ३ कास्य सहित सरस्वती मा वि गेटाले दोश्रो स्थान हात पारेको छ भने ६ स्वर्ण,१ रजत र २ कास्य सहित समैजी मा वि मजगाँउले तृतीय स्थान हात परेको छ ।

nisarga

गोदावरी नगरपालीको आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगिता आज शनीबार समापन भएको छ ।।