

अत्तरिया – प्रसिद्ध तिर्थस्थल कैलालीको गोदावरी धाममा आज महाशिवरात्रीको दिन दिनभरी नै दर्शनार्थीको घुँइचो रह्यो । यस क्षेत्रकै आज पवित्र धार्मीक स्थल मानीने गोदावरीधाममा अहिले अपरान्ह्रको समयसम्म पनी दशनार्थीको भिड रहेको छ ।
भत्तजनहरुले गोदावरी नदीमा स्नान गर्नुकासाथै शिवालयहरुमा पुजाआजा गरेका छन् । महादेवको पूजा आराधनाका लागि गोदावरीको शिव मन्दिर तथा कैवल्यनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ। ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
