बैतडीमा अपांगता भएकी महिलामाथि बलात्कार आरोपमा एकजना पक्राउ

Image
maya metro

बैतडी – बैतडीमा अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । २४ बर्षीया अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा मेलौली नगरपालिका –७ का ५६ बर्षीय तारादत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

‘क’वर्गको अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपसहित प्रहरीमा जाहेरी आएपछि आरोपित भट्टलाई पक्राउ गरेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पीडित महिलाका आफन्तले आइतबार जाहेरी दिएको र आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nisarga

पीडित अपांगता भएकी महिलालाई ती पुरुषले पहिलापनि बलात्कार गरेको भिडियो समेत सार्वजनिक गरिएको छ । पीडितका आफन्तहरुले महिलामाथि पटक–पटक बलात्कार भएको बताएका छन् ।