डडेल्धुरामा बदेलको आक्रमणबाट एक जनाको मृत्यु

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा बदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–३ गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको बदेलको आक्रमणबाट मृत्यु भएको हो।

पल्ले आइतबार बिहान खेतमा गोरु डो¥याउन गएको बेला बदेलको आक्रमणमा परेका थिए।

nisarga

डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले घाइते पल्लेको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको बताए। बदेलको आक्रमणले पल्लेकोे ज्यान नै गएपछि स्थानीय त्रसित बनेका छन्।