
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतत्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा लोक राज (एलआर) ओझा ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गालक्ष्मीमा फागुन ८ गते हुने स्ववियु निर्वाचनका लागि एलआर ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सभापति पदको उम्मेद्धारीका लागि आकाक्षी रहेका एलआर ओझाले अन्तिम समयमा आएर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन ।
नेविसंघबाट भुवन महराले उम्मेदवारी दिने जनाइएको छ । उनले भोलि पत्रकार सम्मेलन गरेर आधिकारीक रुपमा सभापति पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको छ ।
नेविसंघबाट सभापति पदमा एल आर ओझा, महरा संगै देवराज ओझाले दावी गरेका थिए । देवराजलाई नेविसंघको इकाई सभापती बनाइएको छ । सभापति पदका दावेदार एलआर ओझा भने उक्त पदमा दावी कायम राख्दै स्वतन्त्र चुनाव लड्ने बताएका छन ।

















