दुर्गालक्ष्मीको स्ववियु सभापतिमा नेविसंघका महरा प्यानल सहित विजयी

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु (स्वतन्त्र विधार्थी युनीयन)सभापतिमा नेपाल विधार्थी सघं(नेविसंघ)का भुवन महरा प्यानल सहित विजयी भएका छन् । नेविसंघलाई अखिल क्रन्तिकारी र अखिल छैठौँ संयुत्त प्यानलले पनी सर्मथन दिएका थिए । क्याम्पसमा जम्मा ८७४ मत खसेकोमा महराले ३७४ मत पाएका छन् ।

सचिवमा महरा प्यानलबाटै ३९९ मत सहित बम बहादुर महरा विजयी भएका छन् भने कोषाध्यक्षमा ज्योति साहु ४०८ मत सहित विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा भागरथी विष्ट,लाल बहादुर खत्री,सुनील बोहरा,जित बहादुर महरा,दिपकराज अवस्थी,उषा कुमारी साँउद,अमृता विक र दिनेश खड्का विजयी भएका छन् ।

nisarga

त्यस्तै क्याम्पसको सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका लोकराज ओझा (एलआर)ले १६४ मत पाएका छन् भने अनेरास्ववियु क्रान्तिकारी संयुत्त प्यानलका पुष्कर जोशीले १७७,स्वतन्त्र विधार्थी समुहका सरोज ठगुन्नाले ७७ र अनेरास्ववियुका पुष्पराज सुवेदीले १०५ मत पाएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस दुर्गालक्ष्मीमा हिजो बुधबार मतदान भएको थियो ।